ठोरी छोटी भन्सार पुनः सञ्चालनको प्रक्रिया अघि बढाइयो

1200x150_1200x150-01.jpg (1)

पर्सा , २६ बैशाख —

लामो समयदेखि बन्दप्रायः रहेको ठोरी छोटी भन्सार पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सरकारले अघि बढाएको छ । सीमावर्ती क्षेत्रका स्थानीयको निरन्तर माग र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यसहित भन्सार सञ्चालनको तयारी थालिएको हो ।

नेपाल सरकारले सञ्चालनमा रहेका १८ वटा छोटी भन्सारको सूचीमा वीरगञ्ज भन्सार कार्यालयअन्तर्गत पर्ने ठोरी छोटी भन्सारलाई समावेश गरेसँगै आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

भन्सार पुनः सञ्चालन भएपछि नेपाल–भारत सीमाक्षेत्रको व्यापारिक गतिविधि सहज हुने, स्थानीय व्यवसायीलाई राहत पुग्ने तथा राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको पर्सा–४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले बताए।

सम्बन्धित पोस्टहरुः