वीरगंज , २७ बैशाख –
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७७ रनले हराएको छ । जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । कप्तान शुभमन गिलले ८४ रनको शानदार इनिङ खेले ।
२३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा १५२ रनमै अलआउट भयो । गुजरातका राशिद खानले ४ तथा जोशन होल्डरले ३ विकेट लिए ।
जितसँगै गुजरात १४ अङ्कसहित दोस्रो स्थानमा पुगेको छ भने राजस्थान १२ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ । आईपीएलमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जायन्ट्स तथा आरसीबी र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।







