रामकृष्णको पहिलो लगानी ‘मालती मंगले’ सफलतापूर्वक अघि बढ्दै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २७ बैशाख –

शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ ले घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ ।

निर्माता रामकृष्ण ढकालका अनुसार सुरुवाती शोमा सामान्य ओपनिङ भए पनि शनिबारदेखि दर्शकको उपस्थिति बढेको छ । ‘माउथ पब्लिसिटी’ का कारण फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको उनले बताए ।

फिल्मको टोली शनिबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो । कलाकार वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हलमा उपस्थित हुँदा दर्शकको उत्साह देखिएको थियो ।

दर्शकले फिल्मलाई नेपालीपन झल्काउने उत्कृष्ट सामाजिक कथावस्तु भएको प्रतिक्रिया दिएका छन् । विशेषगरी वर्षा राउतको अभिनय तथा विजय बराल र मेक्सम गौडेलको प्रस्तुतिलाई दर्शकले रुचाएको निर्माण पक्षले जनाएको छ ।

प्रकु पाण्डेय निर्देशित फिल्म सामाजिक कथामा आधारित रहेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः