सप्तरीमा आगलागी, १३ घरगोठ जलेर नष्ट

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २७ बैशाख –

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ वभनगामा टोलमा गएराति आगलागी हुँदा छ परिवारका १३ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट आगो सल्किएपछि ठूलो क्षति भएको हो । आगलागीबाट रामअवतार यादव, जुगाइ यादव, अनिल यादव, योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवका घरगोठ जलेर नष्ट भएका हुन् ।

आगलागीका कारण खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः