वीरगंज , २७ वैशाख –
जनमत पार्टीले समर्थन फिर्ता लिए पनि मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन्।
नेपाली कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आइतबार भएको संयुक्त बैठकले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई सरकारमा निरन्तरता दिने सहमति गरेको हो।
बैठकले मुख्यमन्त्री यादवलाई यथाशीघ्र प्रदेशसभामा विश्वासको मत लिन आग्रह गर्ने निर्णयसमेत गरेको छ।
गत वैशाख २२ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएको थियो।







