चितवनमा मामाद्वारा भान्जीमाथि जबर्जस्ती करणीको आरोप

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २७ वैशाख –

चितवनको रत्ननगरमा आफ्नै मामामाथि १७ वर्षीया भान्जीलाई लामो समयदेखि जबर्जस्ती करणी गरेको आरोप लागेको छ । घटनापछि किशोरी गर्भवती रहेको पुष्टि भएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार आमाको मृत्युपछि मामाघरमा बस्दै आएकी कक्षा ८ मा अध्ययनरत किशोरीमाथि २०८० साल पुसदेखि विभिन्न समयमा जबर्जस्ती करणी गरिएको उजुरी परेको हो । आरोपितले ज्यान मार्ने धम्की दिँदै घटना बाहिर नल्याउन दबाब दिएको पीडितको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

केही दिनअघि पुनः दुर्व्यवहार गर्न खोजिएको अवस्थामा किशोरीले चिच्याएपछि छिमेकीहरू घटनाबारे जानकारीमा आएका थिए । त्यसपछि स्थानीयको सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार भरतपुर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा किशोरी २३ देखि २४ हप्ताको गर्भवती रहेको पुष्टि भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले आरोपितविरुद्ध हाडनातामा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दायर गरेको जनाएको छ ।

सम्बन्धित पोस्टहरुः