निजी विद्यालयलाई सिन्डिकेट रोक्न प्रशासनको चेतावनी

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २८ वैशाख –

पर्सा जिल्लाका केही निजी विद्यालयले विद्यार्थी र अभिभावकलाई तोकिएको पसलबाट मात्र पाठ्यपुस्तक र विद्यालय पोशाक किन्न बाध्य पारेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय पर्साले कडा कारबाहीको चेतावनी दिएको छ ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै विद्यालय र व्यवसायीबीचको मिलेमतोमा सिन्डिकेट, एकाधिकार र आर्थिक शोषण भएको उजुरी प्राप्त भएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी सूचनामा प्रचलित कानून विपरीत अनिवार्य रूपमा तोकिएको पसलबाट मात्र सामान किन्न लगाउने, बढी मूल्य लिने र आर्थिक लाभ लिने कार्य तत्काल रोक्न निर्देशन दिइएको छ ।

यस्ता गतिविधि नरोके विद्यालय तथा सम्बन्धित व्यवसायी दुवैलाई कानूनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । साथै अभिभावकलाई प्रमाणसहित उजुरी दर्ता गर्न पनि आग्रह गरिएको छ ।

प्रशासनले विद्यार्थी र अभिभावकमाथि हुने आर्थिक शोषण अन्त्य गर्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ ।

सम्बन्धित पोस्टहरुः