वीरगंज, २८ वैशाख –
यसवर्षको हज यात्राका लागि वीरगंज महानगरपालिका–३१ का एकल शेष मुख्तार मक्का–मदिना प्रस्थान गरेका छन् ।
उनलाई वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव, वडा सदस्य अमिरूल हसन, विरेन्द्र रायसहित स्थानीय समाजसेवी, आफन्त र सर्वसाधारणले शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
देशका विभिन्न जिल्लाबाट यस वर्ष हज यात्राका लागि हाजीहरूको प्रस्थान क्रम सुरु भइसकेको जनाइएको छ ।







