एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

1200x150_1200x150-01.jpg (1)

सिरहा, २८ वैशाख: यहाँको बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेखि सम्पर्कविहीन भएका बालकको अवस्था हालसम्म अज्ञात छ ।

लक्ष्मीपुर पतारी गाउँपालिका–१ नवटोली घर भएका भोगेन्द्र यादवका छोरा अभियांशु मामाघरमा रहेकै बेला शनिबार बिहान करिब २ बजेदेखि बेपत्ता भएका थिए । घरबाट करिब ५० मिटर उत्तरतर्फ रहेको पोखरीमा बालक डुबेको हुनसक्ने आशंकामा सशस्त्र प्रहरीको बर्दिवासस्थित बाहिनीबाट गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापाले गोताखोर टोलीले पोखरीको गहिराइसम्म पुगेर खोजी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बर्दिवासबाट आएको गोताखोरसहितको विशेष टोलीले पोखरीमा खोजी जारी राखेको छ । हालसम्म बालकको कुनै सुराक फेला परेको छैन ।”

बरियारपट्टी गाउँपालिका–४ का वडाध्यक्ष नवीन यादवले सुरुमा स्थानीयस्तरबाटै खोजी गरिए पनि पत्ता नलागेपछि हाल सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताउनुभयो ।रासस

सम्बन्धित पोस्टहरुः