search

spot_img
spot_img

जसपामा सबै गोलबद्ध हुन सांसद यादको आह्वान

पढ्न छुटाउनुभयो ?

वीरगंज
जनता समाजबादी पार्टीका प्रमुख सचेतक प्रदीप यादबले पहिचान र संघियता दिलाउँदै मधेसलाई समृद्धिको पाइलामा अघि बढाउने पार्टी जसपा मात्रै भएकाले यसमा गोलबद्ध हुन सबैलाई आह्वान गरेका छन् ।शनिबार बिहान वीरगंज वडा नं. १४ को वडा इकाई कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री समेत रहनु भएका सांसद यादबले यस्तो आह्वान गरेका हुन् ।उनले कठीन समयमा पनि मधेस र मधेसीको हक हितका लागि लड्ने पार्टी जसपा मात्रै भएकाले यसमा जुटेर बांकी रहेका अधुरा सपनालाई साकार पार्नु पर्ने आवश्यकता रहेको पनि औंल्याए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टी एक ढिक्का हुने गरि चलायमान बनाउनु पर्नेमा जोड दिए ।कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली व्यक्तित्वले पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई सांसद यादब र मेयर सिंहले टीका तथा फुलमाला लगाउँदै पार्टी प्रवेश गराए । सांसद यादव र मेयर सिंहको काम देखेर आफुहरु प्रभावित भएको भन्दै कांग्रेस छाडेर जसपा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी रहनु भएका समसेद अख्तर सहितको टोली जसपा प्रवेश गरेको हो । पार्टी प्रवेस गराउँदै सांसद यादवले जसपामा प्रवेश गर्ने हरेक नेता कार्यकर्तालाई पार्टीले सही मुल्यांकन गरेर उचित जिम्मेवारी सुम्पने पनि बताए ।परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका समसेदज्युको प्रवेशले जसपालाई थप शसक्त बनाउनुका साथै नयाँ अभिभावक पनि पाएको भन्दै सांसाद यादवले खुशी व्यक्त गरे । जसपमा प्रवेश गरेका अख्तरले संघीयता, विकास र समृद्धिको पक्षधर जसपा नै भएको र यसैले मात्रै मधेसको हित गर्ने भएकाले आफुले जसपा रोजेको प्रतिकृया दिए । मधेसको पहरेदार जसपा नै भएको र जसपाकै कारण मधेसी, मुस्लिम आदिवासीले पहिचान र अधिकार  पाएकाले आफू लगायतको आफ्नो नेतृत्वको टोली जसपमा प्रवेश गरेको उनले बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads