वीरगंज , ४ जेठ –
पर्सा जिल्ला अदालत र सर्वोच्च अदालतको अन्तिम फैसला कार्यान्वयनका लागि पर्साको पर्सागढी–पेटर्वासुगौली क्षेत्रमा प्रशासनले डोजर चलाएको छ ।
पर्सागढी नगरपालिका–१ अन्तर्गत सोनबर्षा मलाही टोलमा निजी व्यक्ति प्रदीपकुमार साह तेलीको जग्गा कब्जा गरी बनाइएका संरचना हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासन, नेपाल प्रहरी तथा सम्बन्धित निकायको उपस्थितिमा अदालतको आदेशअनुसार जग्गा खाली गराउने काम गरिएको हो ।
स्थानीय प्रशासनका अनुसार अदालतको फैसला कार्यान्वयन गर्दै जग्गाधनीलाई स्वामित्व फिर्ता दिलाउने उद्देश्यले संरचना हटाइएको हो ।
सांकेतिक तस्बिर







