तेस्रोलिंगीको अर्धनग्न प्रदर्शन, प्रहरीको एक्सनपछि भागाभाग

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ४ जेठ –

तेस्रोलिंगीहरूले अराजकता मच्चाउँदै आज जिल्ला प्रहरी कार्यालय बारा अगाडि अर्धनग्न प्रदर्शन गरेका छन् ।

बधाई माग्ने विषयमा उनीहरूबीच भएको आपसी विवादपछि प्रहरीले एकजना तेस्रोलिंगीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । पक्राउ परेकालाई तत्काल छोड्नुपर्ने माग गर्दै उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन गर्दै अराजकता मच्चाउन थालेपछि प्रहरी एक्सनमा आएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन खोजेपछि उनीहरूको भागाभाग भएको जनाइएको छ । प्रहरीले अराजकतापछि अवस्था नियन्त्रणमा लिन आवश्यक कदम चालेको बताइएको छ ।

सम्बन्धित पोस्टहरुः