नाङ्गो प्रदर्शन गर्ने तीन तेस्रोलिंगी बारा प्रहरीको नियन्त्रणमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ५ जेठ –

जिल्ला प्रहरी कार्यालय बाराले नाङ्गो प्रदर्शन गर्ने तीन जना तेस्रोलिंगीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार कलैया उपमहानगरपालिका–५ का मोहम्मद सरिफ मियाँ भाटले कलैया–१४ निवासी अफजल मियाँ दर्जी उर्फ खुश्बुले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले दर्जीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

उनै खुश्बुको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारा अगाडि पुगेका तेस्रोलिंगीहरूले सडक अवरुद्ध गर्दै नाङ्गो प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले सडकमा हिँड्ने बटुवा तथा सवारीसाधनलाई अवरोध गर्नुका साथै अश्लील नाराबाजी गरेको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्दै तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–८ की २५ वर्षीया निशा भारती, ५७ वर्षीया निशा देवी तथा रौतहटको देवाहीगोनाही नगरपालिका–५ की २६ वर्षीया खुश्बु रानी रहेका छन् ।

उनीहरूमाथि शान्ति सुरक्षामा अवरोध पुर्‍याएको, सुरक्षाकर्मीमाथि हातपात गरेको तथा अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

सम्बन्धित पोस्टहरुः