पर्सामा आर्थिक गणनाका लागि उद्योगीबाट तथ्याङ्क नपाएको गुनासो

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ६ जेठ –

तथ्याङ्क समन्वय कार्यालय वीरगन्ज ले पर्साका ठूला औद्योगिक प्रतिष्ठानबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको जनाएको छ ।

कार्यालय प्रमुख पुष्कर बिजुक्छेँ का अनुसार गणकहरू पत्रसहित उद्योगमा पुगे पनि आवश्यक विवरण उपलब्ध गराउन उद्योगीहरूले चासो नदिएको गुनासो छ । जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्याङ्क नदिने उद्योगहरूको सूचीबारे छलफल गर्ने तयारी रहेको उनले बताए ।

यता वीरगन्ज उद्योग वाणिज्य सङ्घ का अध्यक्ष हरिप्रसाद गौतम ले उद्योगी–व्यवसायी आर्थिक गणनामा सहयोग गर्न तयार रहेको बताएका छन् । सम्बन्धित कार्यालयले समन्वय गरे सङ्घले उद्योगहरूलाई सहभागी गराउन पहल गर्ने उनको भनाइ छ ।

कार्यालयका अनुसार पर्सामा २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखिएकोमा सोमबारसम्म १४ हजार १५६ प्रतिष्ठानको गणना सम्पन्न भएको छ । हाल ६६ जना गणक र ९ जना सुपरीवेक्षक खटिएका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः