अब नगरपालिकामा ताल्चा लगाउँने मौलापुरकी मेयरको चेतावनी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ६ जेठ –

मौलापुर नगरपालिका की मेयर रिना कुमारी साह ले प्रधानमन्त्री वालेन्द्र शाह लाई नगरपालिकामा भइरहेको गैरकानुनी हस्तक्षेप तत्काल रोक्न आग्रह गर्दै अन्यथा नगरपालिकामा ताल्चा लगाउन बाध्य हुने चेतावनी दिएकी छन् ।

मंगलबार जारी प्रेस वक्तव्यमा मेयर साहले “फ्री बिजुली, फ्री पानी” तथा “छोरीसँग मेयर कार्यक्रम” अन्तर्गतका योजनाका लागि नगरसभाबाट बजेट विनियोजन भइसके पनि भुक्तानी प्रक्रिया रोकिएको बताएकी छन् ।

उनले तत्कालीन सरकारद्वारा पठाइएका प्रमुख प्रशासकीय अधिकृत लामो समय हाजिर नभएको र वर्तमान सरकारले पठाएका अधिकृतले समेत नियमित रूपमा कार्यालयमा उपस्थित नभई बैंक खाता सञ्चालन प्रक्रियासमेत अघि नबढाएको आरोप लगाएकी छन् ।

मेयर साहका अनुसार निर्वाचित जनप्रतिनिधिको निर्देशन अवज्ञा गर्ने, योजनाको भुक्तानी रोक्ने तथा विकास कार्यक्रम कार्यान्वयनमा अवरोध सिर्जना गर्ने कामले स्थानीय स्वायत्ततामाथि हस्तक्षेप भएको छ ।

“मौलापुर नगरपालिका बन्द गर्नुपर्ने हो ? होइन भने गैरकानुनी हस्तक्षेप तुरुन्त बन्द गर्नुस्,” वक्तव्यमा भनिएको छ ।

सम्बन्धित पोस्टहरुः