निर्माण सामग्री महँगिँदा ३१ हजारभन्दा बढी ठेक्का जोखिममा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ६ जेठ –

नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण देशभरका विकास निर्माणका काम प्रभावित भएको जनाएको छ । महासंघले समस्या समाधानका लागि सरकारसँग तत्काल पहल गर्न माग गरेको छ ।

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल सँगको छलफलमा महासंघका अध्यक्ष निकोलस पाण्डे ले सार्वजनिक खरिद ऐनमा मूल्य समायोजनको व्यवस्था भए पनि कर्मचारीहरूले कार्यान्वयन नगर्दा व्यवसायी मर्कामा परेको बताए ।

महासंघका महासचिव शिवहरी घिमिरे ले जिल्ला दररेट प्रणाली अव्यवहारिक रहेको उल्लेख गर्दै बीचमै मूल्य पुनरावलोकन गर्ने व्यवस्था कार्यान्वयन नभएको गुनासो गरे ।

महासंघका प्रवक्ता मंगलबहादुर शाही का अनुसार हाल ३१ हजार १४२ वटा ठेक्का असारभित्र सम्पन्न गर्नुपर्ने अवस्थामा छन् । तर निर्माण सामग्रीको अभाव र महँगीका कारण ती आयोजना अलपत्र पर्ने जोखिम बढेको उनले बताए ।

छलफलपछि सभापति गजुरेलले निर्माण क्षेत्रको समस्या समाधानका लागि मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरिने तथा आवश्यक परे कानुनी सुधारसमेत गरिने बताएका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः