नेपाली क्रिकेट खेलाडीहरूको आईसीसी वरीयतामा सुधार

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ६ जेठ –

आईसीसी एकदिवसीय वरीयतामा नेपाली क्रिकेट खेलाडीहरूले उल्लेख्य सुधार गरेका छन् । घरेलु मैदानमा जारी लिग–टु शृङ्खलामा देखाएको प्रदर्शनका आधारमा पछिल्लो वरीयतामा उनीहरूको स्थान सुधार भएको हो ।

एकदिवसीय ब्याटिङ वरीयतामा आसिफ शेख ७ स्थान सुधार गर्दै ८७औँ स्थानमा पुगेका छन् भने कुशल भुर्तेल १७ स्थान सुधार गर्दै १००औँ स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ सन्दीप लामिछाने ६ स्थान सुधार गर्दै ३७औँ, ललित राजवंशी १६ स्थान सुधार गर्दै ५४औँ र दीपेन्द्रसिंह ऐरी ३ स्थान सुधार गर्दै ७९औँ स्थानमा पुगेका छन् ।

त्यसैगरी अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी ३ स्थान सुधार गर्दै २५औँ, सन्दीप लामिछाने ३ स्थान सुधार गर्दै ६८औँ, ललित राजवंशी १२ स्थान सुधार गर्दै ७४औँ र गुल्सन झा १५ स्थान सुधार गर्दै ८७औँ स्थानमा उक्लिएका छन् ।

सम्बन्धित पोस्टहरुः