वीरगंज, ६ जेठ । महालक्ष्मी विकास बैंकको ३२औ वार्षिकोत्सवको अवसरमा श्रीपुर शाखा मुर्लीको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १ महिलासहित २२ जनाले रक्तदान गर्नु भएको छ ।
श्रीपुर शाखाका प्रमुख ललन साह कानुको अध्यक्षता एवं बैंकका निर्देशक श्याम सुन्दर रूंगटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सन्जु श्रेष्ठ, विवेक ठाकुर, सुरेश सापकोटा, सैफुल्ला देवान, विजय प्रसाद हजाम तथा अजय साह तेली लगायतले रगत दान गर्नुभएको थियो ।
बैंकका डाइरेक्टर रूंगटाले रक्तदानले कसैको जीवन जोगाउने भएकोले नै यसलाइ जीवनदान भनिएको बताउनुभयो । उहाँले रक्तदान नै एउटा यस्तो कार्य हो जस्ले कुनै जात धर्म धनी गरिब उच निच केही पनि नहेरी केवल मानवता हेर्ने भएकोले हामी सबैले नियमित रूपमा रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पूर्ण रक्तदाताहरू प्रती आभार जताउदै सम्पुर्ण ग्राहकवर्ग, अतिथिजन, कर्मचारीहरूलाइ वार्षिकोत्सबको बधाई शुभकामना दिनुभएको थियो ।
शाखा अध्यक्ष कानुले बैंकले प्रत्येक बार्षिकउत्सव कार्यक्रमलाइ प्रमुखताको साथ समावेश गर्ने गर्दै आएको बताउनुभयो । आज देश व्यापी रूपमा रक्तदान कार्यक्रमको आयोजना गरिरहेको जानकारी गराउदै रक्तदान गरि मानवता बलियो बनाएने सम्पुर्ण रक्तदाता प्रती आभार जताउनु भयो ।
रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, प्रदेश प्रबन्धक सुदीप चन्द्र पोखरेल, मर्निङ शाखा प्रबन्धक अरूण कुमार यादव लगायतको सहभागीता रहेको थियो।







