कोरोला नाकामा चीनतर्फ आलीशान संरचना, नेपालतर्फ अझै अस्थायी टहरा

1200x150_1200x150-01.jpg (1)


वीरगंज , ६ जेठ –

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित नेपाल–चीन जोड्ने कोरोला (नेचुङ–लिजी) नाका समुद्री सतहदेखि करिब ४ हजार ६ सय ६० मिटर उचाइमा रहेको छ ।

सन् १९६० को दशकमा तिब्बती खम्पा विद्रोहपछि बन्द भएको यो नाका वि.सं. २०८० कात्तिक २७ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो भने चालु आर्थिक वर्ष २०८२/०८३ को भदौ ३० गतेदेखि व्यावसायिक सञ्चालनमा आएको हो ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सोनि शर्माले चीनतर्फ भन्सार कार्यालयसहित आधुनिक र आलीशान संरचना निर्माण भइसके पनि नेपालतर्फ हालसम्म स्थायी संरचना बन्न नसकेको उल्लेख गरेकी छन् ।

उनका अनुसार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीका लागि अस्थायी टहरा मात्र निर्माण गरिएको छ । नाकामा नेपालतर्फ ७० वटा टेन्ट राखेर व्यवसायीहरूलाई अस्थायी रूपमा बस्ने व्यवस्था गरिएको छ ।

व्यापार सञ्चालनका लागि आलोपालो प्रणाली लागू गरिएको तथा पर्यटकहरूले पालो परेको व्यवसायीबाट मात्र सामान खरिद गर्न पाउने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः