वीरगंजमा योग ग्राम स्थापना गर्नुपर्नेमा टेमानीको जोड

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ७ जेठ –

“गरौं योग, रहौं निरोग” भन्ने नारासहित वीरगञ्जको घण्टाघरस्थित बीपी उत्थान पार्कमा आयोजित पाँच दिने योग विज्ञान शिविर सम्पन्न भएको छ । पतञ्जलि योग समिति पर्सा र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयद्वारा आयोजित शिविरमा वीरगञ्ज महानगरपालिका सह–आयोजक रहेको थियो ।

समापन कार्यक्रममा योग गुरु लभदेव गुरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष अशोक टेमानी, पूर्व मेयर विजय सरावगी, विभिन्न पदाधिकारी, योग साधक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अशोक टेमानीले योग जीवन जिउने पद्धति भएको उल्लेख गर्दै भारतको हरिद्वारमा रहेको योग ग्रामजस्तै वीरगञ्जमा पनि योग ग्राम स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कम्तीमा १० बिघा क्षेत्रफलमा योग ग्राम निर्माण गरी योग उपचार, अध्ययन केन्द्र तथा योग विश्वविद्यालय सञ्चालन गर्न सकिने धारणा राखे ।

“वीरगञ्जवासीले चाहेमा यहाँ पनि योग ग्राम स्थापना गर्न सकिन्छ, त्यसका लागि मबाट हुने सहयोग गर्न तयार छु,” उनले भने ।

समापन कार्यक्रममा योग गुरु लभदेवद्वारा विशेष होम मन्त्र उच्चारण गरिनुका साथै विभिन्न योगासन प्रदर्शन गरिएको थियो । सहभागीहरूले योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

सम्बन्धित पोस्टहरुः