वीरगंज , ७ जेठ –
भेडाहा खोला आसपासको जंगल क्षेत्रमा लामो समयदेखि अवैध रूपमा बालुवा उत्खनन भइरहेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । स्थानीयका अनुसार सबैय वनका अध्यक्ष लखनलाल र मिलनचोक प्रहरीको मिलेमतोमा दैनिक रूपमा बालुवा चोरी भइरहेको आरोप लगाइएको छ ।
स्थानीयवासीले खोला तथा जंगल क्षेत्रबाट दैनिक करिब ५० टिपभन्दा बढी बालुवा निकासी भइरहेको बताएका छन् । निरन्तर उत्खननका कारण जंगल क्षेत्र तथा वातावरणमा प्रत्यक्ष असर परेको र भविष्यमा पाँच गाउँ डुबानको जोखिममा पर्न सक्ने उनीहरूको चिन्ता छ ।
स्थानीयले भेडाहा खोलाको नाममा जंगल दोहन भइरहेको आरोप लगाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । यति ठूलो मात्रामा बालुवा चोरी भइरहँदा पनि ठेक्का तथा अनुगमनको जिम्मेवारी लिएका निकाय मौन बसेको भन्दै प्रश्न उठाइएको छ ।
अवैध उत्खनन रोक्न तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा कडा अनुगमन गर्न स्थानीयले माग गरेका छन् ।
सांकेतिक तस्वीर







