प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएको भन्दै विपक्षीको विरोध

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ –

विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग हुनुपर्ने प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएको भन्दै सरकार र सभामुखको आलोचना गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरलगायत विपक्षी सांसदहरूले नियमावली कार्यान्वयन नभएको विषय उठाएका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमलाई विधेयक प्रस्तुत गर्न समय दिएपछि विपक्षी दलहरूले विरोध जनाएका थिए ।

एमाले प्रमुख सचेतक महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था रहे पनि कार्यान्वयन नभएको बताए । उनले सभामुखबाटै नियमावलीको पालना नभएको आरोप लगाए ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधानअनुसार प्रधानमन्त्री र मन्त्रिपरिषद् संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै सरकार संसद् छल्नतर्फ उन्मुख भएको टिप्पणी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुँदा सत्तापक्ष र प्रतिपक्ष दुवैका प्रश्न उठ्न नपाएको बताइन् । उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखले रुलिङ गर्नुपर्ने मागसमेत गरिन् ।

विपक्षी दलहरूले जेठ र असार महिनामा हुनुपर्ने प्रश्नोत्तर कार्यक्रम संसदीय क्यालेन्डरमै नराखिएको भन्दै आपत्ति जनाएका छन् ।

सम्बन्धित पोस्टहरुः