तालिमका क्रममा ६ सशस्त्र प्रहरी बेहोस

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ८ जेठ –

तालिमको क्रममा बेहोस भएका सशस्त्र प्रहरीका ६ जवानको नेपाली सेनाको स्काई ट्रकमार्फत उद्धार गरिएको छ । उनीहरूलाई उपचारका लागि काठमाडौं लगिएको हो ।

कैलालीको राजश्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम केन्द्रमा सञ्चालन भइरहेको सि.स. ३३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिमअन्तर्गत सिएफटी परीक्षाका क्रममा उनीहरू बेहोस भएका थिए ।

बेहोस हुनेमा चित्रबहादुर थापामगर, मनबहादुर बस्नेत, धिरज थापा, सुरेश शाही, बलबहादुर बस्नेत र किरणनाथ योगी रहेका छन् ।

उनीहरूलाई सुर्खेत विमानस्थलबाट नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित पोस्टहरुः