सिद्धार्थ माविमा पंखा खसेर विद्यार्थी घाइते : छानबिन समिति गठन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ८ जेठ –

वीरगंज चिनीमिलस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षाकोठाभित्र सिलिङ पंखा खस्दा दुई जना विद्यार्थी घाइते भएका छन् ।

विहीबार बिहान करिब ६:३० बजे कक्षा ७ मा पढाइ चलिरहेको समयमा चलिरहेको पंखा अचानक चुँडिएर विद्यार्थीमाथि खसेको हो । घटनामा १३ वर्षीय अमन कुमार पण्डित र १३ वर्षीय आर्यन पटेल घाइते भएका छन् ।

प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार पंखा खस्दा त्यसका भागहरू विभिन्न दिशामा उछिट्टिएका थिए, जसका कारण विद्यार्थीहरू घाइते भएका हुन् । घाइतेमध्ये अमनको दायाँ आँखामा चोट लागेको बताइएको छ ।

दुवै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्‍याइएको छ । अस्पतालका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ ।

विद्यालय प्रशासनले घटनालगत्तै उद्धार कार्य गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ ।

घटनापछि वीरगंज महानगरपालिकाले छानबिनका लागि दुई सदस्यीय समिति गठन गरेको छ । समितिलाई ४८ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

समितिमा अधिकृतद्वय राजेश गिरी र शम्भु प्रसाद रहेका छन् । शैक्षिक प्रशासन महाशाखाले घटनाको विस्तृत अध्ययन, अनुसन्धान तथा सुझावसहित प्रतिवेदन तयार गरिने जनाएको छ ।

सम्बन्धित पोस्टहरुः