नेपालको सानदार जित, अमेरिका १२२ रनले पराजित

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ८ जेठ –

आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि शानदार जित दर्ता गरेको छ । नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमै समेटियो । अमेरिकाका सञ्जय कृष्णमूर्तिले ५६ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन् । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे । ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार पारेको थियो । यो कीर्तिपुरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै सर्वाधिक स्कोर हो ।

नेपालका लागि ईशान पाण्डेले ८४ रनको आकर्षक इनिङ खेले । दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६ र आसिफ शेखले ४३ रनको योगदान दिए । अमेरिकाका शुभम् रन्जनेले ३ विकेट लिए ।

लिग–टु शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी थिए । घरेलु मैदानमा नेपालले ८ खेलमध्ये ६ खेल जित्दै समग्रमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

सम्बन्धित पोस्टहरुः