वीरगंज , ९ जेठ –
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) लाई ५५ रनले पराजित गरेको छ ।
हैदरावादमा हिजो राति सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेटको क्षतिमा २५५ रनको विशाल योगफल तयार पारेको थियो । टोलीका लागि इशान किशनले ४६ बलमा ७९ रनको उत्कृष्ट पारी खेले भने अभिषेक शर्मा २२ बलमा ५६ रन र हेनरिक क्लासेन २४ बलमा ५१ रनमा अविजित रहे ।
२५६ रनको लक्ष्य पछ्याएको आरसीबीले २०० रन मात्र बनाउन सक्यो र निर्धारित २० ओभरमा ४ विकेट गुमाएर पराजित भयो ।
हारका बाबजुद आरसीबी १४ खेलमा १८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ भने समान खेल र समान अंक भए पनि रनरेटका आधारमा हैदरावाद तेस्रो स्थानमा छ ।
आईपीएलअन्तर्गत आज पञ्जाब किङ्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुने कार्यक्रम रहेको छ ।







