मधेशका पर्सा–बारामा हावाहुरी, सतर्कता अपनाउन आग्रह

1200x150_1200x150-01.jpg (1)


वीरगंज , ९ जेठ –

मधेश प्रदेशअन्तर्गत बारा, पर्सालगायत जिल्लामा आज हावाहुरी चलेको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगंजसहित ग्रामीण क्षेत्रमा समेत तीव्र हावा चलेपछि जनजीवन प्रभावित बनेको छ ।


हावाहुरीका कारण केही स्थानमा दैनिक गतिविधिमा असर परेको छ भने स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


मौसम पूर्वानुमान महाशाखाले पनि खराब मौसमका कारण सुरक्षित रहन तथा अनावश्यक रूपमा बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सम्बन्धित पोस्टहरुः