निजी विद्यालयको चर्को शुल्कले अभिभावक मारमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ९ जेठ –

नयाँ शैक्षिकसत्र शुरू भएसँगै वीरगंजका निजी विद्यालयहरूले विभिन्न शीर्षकमा चर्को शुल्क असुल्न थालेपछि अभिभावकहरू समस्यामा परेका छन् ।

अभिभावकहरूका अनुसार विद्यालयहरूले वार्षिक शुल्कसँगै प्रविधि, परीक्षा, स्मार्ट क्लास, सुरक्षा तथा व्यवस्थापन शुल्कका नाममा अतिरिक्त रकम उठाइरहेका छन् । कतिपय विद्यालयले एकैपटक ठूलो रकम माग गरेको गुनासो अभिभावकहरूको छ ।

वीरगंजका अभिभावक दीपक कुशवाहाले विद्यालयको शुल्कले परिवारको आर्थिक अवस्था प्रभावित भएको बताए । उनले शुल्कबारे स्पष्ट जानकारी लिन खोज्दा पनि विद्यालय प्रशासनले चित्तबुझ्दो जवाफ नदिएको गुनासो गरे ।

सरकारी नियमअनुसार विद्यालयले अभिभावकसँग छलफल गरेर मात्रै शुल्क निर्धारण गर्नुपर्ने व्यवस्था भए पनि प्रभावकारी अनुगमन नहुँदा निजी विद्यालयहरूले मनपरी शुल्क असुलिरहेको अभिभावकहरूको आरोप छ ।

यस विषयमा वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेले शुल्कसम्बन्धी गुनासो बढेको स्वीकार गर्दै लिखित उजुरी आए अनुसन्धान गरी कारबाही गरिने बताएका छन् ।

सम्बन्धित पोस्टहरुः