सीमावर्ती क्षेत्रमा आपूर्ति सहज बनाउन समन्वय बैठक सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ११ जेठ –

पर्सा क्षेत्र नं. ४ अन्तर्गत भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीको ओसार–पसारमा देखिएको असहजताबारे बाघमुर्चा पोस्टमा समन्वय बैठक सम्पन्न गरिएको छ ।

स्थानीय नागरिकबाट प्राप्त गुनासोका आधारमा आयोजित बैठकमा जिल्ला सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी मोहन क्षेत्रीसहित क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न बीओपी प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकमा सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित खाद्यान्न तथा आवश्यक सामग्रीको आपूर्ति सहज, व्यवस्थित र नागरिकमैत्री बनाउने विषयमा छलफल भएको बताइएको छ । आवश्यक सामग्रीको आवतजावतमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय बढाउने सहमति भएको जनाइएको छ ।

प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले सीमावर्ती क्षेत्रका नागरिकको हित, सुविधा र अधिकार संरक्षणका लागि आगामी दिनमा पनि आवश्यक पहल जारी रहने बताएका छन् । उनले जनताका जायज समस्या सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्टहरुः