पोखरियामा ब्राउनसुगरसहित युवक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज, ११ जेठ –

पर्साको पोखरिया नगरपालिका–९ बाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

आइतबार राति विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाले २० वर्षीय विशाल राउत कम्करलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ५.५ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

सम्बन्धित पोस्टहरुः