गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने

1200x150_1200x150-01.jpg (1)

काठमाडौँ, ११ जेठ –

गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई समारोह सम्बोधन गर्न सिफारिस गर्दै पत्र पठाएको स्रोतले जनाएको छ । पत्रमा संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न सिफारिस गरिएको उल्लेख छ ।

यसअघि गणतन्त्र दिवसको समारोहमा राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो । तर यसपटक प्रधानमन्त्री स्वयंले सम्बोधन नगरी राष्ट्रपतिलाई जिम्मेवारी सुम्पन खोजेपछि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री शाहकै नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको भए पनि सम्बोधन नगर्ने निर्णयलाई असामान्य रूपमा हेरिएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधन सम्बन्धी सिफारिस पत्र प्राप्त भएको पुष्टि गरेको छ । स्रोतका अनुसार यस विषयलाई लिएर राष्ट्रपति कार्यालय पनि असन्तुष्ट देखिएको छ ।

सम्बन्धित पोस्टहरुः