४ जिपिए ल्याउने विद्यार्थीलाई ल्यापटप पुरस्कार

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ११ जेठ –

पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयले एसइई २०८२ मा ४ जिपिए ल्याउने विद्यार्थीलाई ल्यापटप पुरस्कार प्रदान गरेको छ ।

सोमबार विद्यालय परिसरमा आयोजित पुरस्कार वितरण तथा स्वागत–विदाइ कार्यक्रममा विन्दवासिनी गाउँपालिका गर्दौलका विद्यार्थी अभिषेक साह रौनियारलाई ल्यापटप प्रदान गरिएको हो ।

विद्यालयका संस्थापक तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुखदेव प्रसाद र प्रधानाध्यापक लक्ष्मीकान्त साहले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रधानाध्यापक साहले विद्यार्थीको मेहनतले विद्यालयको गौरव बढाएको भन्दै आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गरिने बताए ।

कार्यक्रममा ४ जिपिए प्राप्त गरेका विद्यार्थी रौनियारका अभिभावकलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै एसइई उत्तीर्ण अन्य विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको विद्यालयले जनाएको छ ।

यसैबीच कक्षा १२ पूरा गरेका विद्यार्थीलाई विदाइ तथा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत समेत गरिएको थियो ।

कार्यक्रममा बहुदरमाई नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई निमन्त्रणा गरिएको भए पनि उनीहरू उपस्थित नभएको भन्दै विद्यालय प्रशासनले दुःख व्यक्त गरेको छ ।

सम्बन्धित पोस्टहरुः