वीरगंज, १२ जेठ –
वीरगंज उद्योग वाणिज्य संघको आयोजनामा तथा भारतीय महावाणिज्य दूतावासको सहयोगमा कोल इन्डियासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल–भारतबीचको औद्योगिक सहकार्य, ऊर्जा आपूर्ति र व्यापारिक सम्बन्धबारे छलफल गरिएको थियो ।
कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष माधव राजपालले उद्योग सञ्चालनका लागि भरपर्दो ऊर्जा आपूर्ति आवश्यक रहेको बताए । भारतीय महावाणिज्यदूत देवी सहाय मीणाले नेपाल–भारतबीच व्यापारिक सम्बन्ध थप मजबुत हुँदै गएको उल्लेख गरिन् ।
त्यसैगरी कोल इन्डियाका कार्यकारी निर्देशक रजनीकान्त माफीले नेपालसँग दीर्घकालीन सहकार्य गर्न कम्पनी सकारात्मक रहेको बताए । कार्यक्रममा उद्योगी व्यवसायीहरूले कोइला आपूर्ति, ढुवानी र मूल्य स्थायित्वका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा संघका उपाध्यक्ष आशिष कुमार लाठ, कोल इन्डियाका प्रतिनिधि, उद्योगी व्यवसायी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।







