अदालतमा मुद्दाको सुनुवाइ हुन नसकेपछि नगरप्रमुख सिंह फर्किए

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज – सञ्चारमाध्यममा आफ्नो नाममा अदालतबाट म्याद जारी भएको खबर सार्वजनिक भएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह बुधबार बिहान पर्सा जिल्ला अदालत पुगेका छन्।

बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ उनी अदालत परिसरमा पुगेका थिए। अदालत पुगेर सिंहले न्यायिक प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तर अदालतमा मुद्दाको चाप बढी रहेका कारण आज सुनुवाइ हुन नसकेपछि उनी फर्किएको अदालत स्रोतले जनाएको छ।

सम्बन्धित पोस्टहरुः