प्रधानमन्त्री अनुपस्थित भएपछि हर्क साम्पाङले गरे संसद् बहिष्कार

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १३ जेठ –

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै संसद् बैठक बहिष्कार गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले आफूहरूले निरन्तर प्रधानमन्त्रीसँग जवाफ माग्दै आएको तर उपस्थित नभएको भन्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए।

साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्री वा मन्त्रीले उठेका प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै त्यसको पालना नभएको आरोप लगाए। उनले प्रधानमन्त्री उपस्थित हुनुपर्ने, अन्यथा आफूलाई बैठकबाट निकाल्नुपर्ने माग समेत गरेका थिए।

सभामुखसँग केहीबेर सवाल–जवाफ भएपछि साम्पाङ बैठक कक्षबाट बाहिरिएका थिए।

सम्बन्धित पोस्टहरुः