बजेट अभावले मल खरिदमा समस्या, आउँदो वर्ष संकटको चेतावनी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १३ जेठ –

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट अभावका कारण रासायनिक मल खरिद गर्न समस्या भएको बताएका छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले सरकारले पर्याप्त बजेट नछुट्याए आगामी वर्ष मलको अभाव हुन सक्ने चेतावनी दिएका हुन्। उनका अनुसार नेपाललाई वार्षिक करिब ९ लाख मेट्रिक टन मल आवश्यक पर्ने भए पनि सरकारले बढीमा ५ लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्दै आएको छ।

पोखरेलले यस वर्ष मूल्यवृद्धिका कारण ३ लाख ५९ हजार १०० मेट्रिक टन मात्रै मल खरिद गरिएको र हाल कम्पनीसँग १ लाख ५ हजार २४१ मेट्रिक टन मौज्दात रहेको जानकारी दिए। उक्त मौज्दात असार अन्तिमसम्म मात्रै पुग्ने उनको भनाइ छ।

बैठकमा सांसदहरूले किसानलाई मल अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। कृषि मन्त्री गीता चौधरीले भारतबाट ५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढाइएको बताउँदै रासायनिकसँगै जैविक मल प्रयोगमा पनि सरकारले जोड दिएको स्पष्ट पारिन्।

सम्बन्धित पोस्टहरुः