रविसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान सिफारिस

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १४ जेठ –

राष्ट्रिय मानवअधिकार आयोगले भदौमा भएको नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १७ सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिस गरेको छ।

आयोगले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा सांसदहरूको संलग्नता हुनसक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको हो।

प्रतिवेदनमा रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएको घटनालाई कारागार ऐन, २०७९ अनुसार फौजदारी अपराधको रूपमा उल्लेख गरिएको छ। आयोगले उक्त घटनामा रास्वपा सांसद मनिष झा र हरि ढकालको भूमिकामाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ।

त्यस्तै आयोगले गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्कीलगायत अन्य सांसद तथा नेतामाथि पनि थप अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ। सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको विवरणका आधारमा अनुसन्धान सिफारिस गरिएको आयोगको भनाइ छ।

आयोगले भदौ २३ गतेको आन्दोलनका क्रममा सुधन गुरुङको नेतृत्वपछि स्थिति तनावग्रस्त बनेको निष्कर्ष निकाल्दै उनीमाथि पनि थप अनुसन्धान गर्नुपर्ने जनाएको छ।

यता रास्वपाका सांसदहरूले भने आन्दोलनमा घाइतेको उद्धार र उपचारमा सहभागी भएकै कारण अनुसन्धानको दायरामा ल्याइनु उचित नभएको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित पोस्टहरुः