राजस्थान दोस्रो क्वालिफायरमा, हैदरावाद ४७ रनले पराजित

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १४ जेठ –

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। न्यु चण्डीगढमा भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो। टोलीका लागि वैभव सूर्यवंशीले २९ बलमा आक्रामक ९७ रन बनाए। ध्रुव जुरेलले ५० रन तथा यशश्वी जैसवालले २९ रनको योगदान दिए।

२४४ रनको विशाल लक्ष्य पछ्याएको हैदरावाद १९ ओभर २ बलमा १९२ रनमै अलआउट भयो। राजस्थानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई दबाबमा राखेका थिए।

अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल भोलि बेलुका पौने ८ बजे न्यु चण्डीगढमा हुनेछ। पराजित हैदरावाद भने प्रतियोगिताबाट बाहिरिएको छ।

सम्बन्धित पोस्टहरुः