वीरगंज महानगरद्वारा छात्रवृत्ति आवेदन खुला

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १४ जेठ –

वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयहरूमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ।

महानगरले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष पनि आवेदन आह्वान गरेको हो।

महानगरका अनुसार इच्छुक विद्यार्थीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिएका विद्यार्थीहरूलाई लिखित परीक्षामार्फत छनोट गरी योग्यताका आधारमा छात्रवृत्ति प्रदान गरिने शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो।

कक्षा ९ का लागि २०८२ सालको कक्षा ८ नगरस्तरीय परीक्षामा ग्रेडेड भएका तथा कक्षा ११ का लागि एसईई २०८२ मा ग्रेडेड भएका विद्यार्थीले आवेदन दिन सक्नेछन्।

अनलाइन आवेदन बुधबार बिहान १० बजेदेखि जेठ २७ गते राति ११:५९ बजेसम्म महानगरको छात्रवृत्ति पोर्टलमार्फत दिन सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित पोस्टहरुः