मृत्युपछि आँखाको नानी दान, समाजसेवी गुप्ता बने मानवताको अनुपम उदाहरण

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १४ जेठ –

वीरगंज–०२ निवासी ७२ वर्षीय समाजसेवी रघुवीर गुप्ताले निधनपछि आफ्नो आँखाको नानी (कर्निया) दान गरेर मानवता र परोपकारको अनुपम उदाहरण प्रस्तुत गरेका छन्।

उनको निधनपछि छोराहरू संजय कुमार गुप्ता र विनय कुमार गुप्ताले पिताको इच्छालाई सम्मान गर्दै आँखाको नानी (कर्निया) दानको निर्णय कार्यान्वयन गरेका हुन्।

दान प्रक्रियामा तेरापन्थ युवा समिति वीरगंजका सदस्य लोकेश जैनले समन्वय तथा प्रेरणादायी भूमिका निर्वाह गर्दै परिवारलाई सहयोग गरेका थिए। साथै रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा कर्निया संकलन गरिएको हो।

संकलन टोलीमा नेत्र अधिकृत हरिकान्त साह, आँखा कार्यकर्ता राजेश यादव, स्टाफ नर्स रञ्जिता तामाङ र रिया हिताङ संलग्न थिए। उनीहरूको समर्पण र दक्षताका कारण प्रक्रिया सफल भएको अस्पतालले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः