वीरगंजमा नयाँ घरको पिलर भत्किँदा महिलाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १४ जेठ । निर्माणाधीन भवनको पिल्लरसहितको टप भत्किदा च्यापिएर महिला मजदुरको मृत्यु भएको छ ।

सो भवनमा काम गरिरहेकी मजदुर बारा जिल्ला परवानीपुर गाउँपालिका–४ की ३२ वर्षीया सीतादेवी मुशहरको च्यापिएर मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर ६ मा ओम अग्रवालको नयाँ घर निर्माणका क्रममा बिहीवार दिउँसो निर्माणधिन घरको टपसहित इट्टाको पर्खाल अचानक भत्किएर खस्दा त्यसमा च्यापिएर काम गरिरहेकी मुशहर गम्भीर घाइते भइन् । उनलाई तत्कालै उद्धार गरेर नारायणी अस्पतलमा लग्दा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरधनी अग्रवालका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताएका छन् ।

सम्बन्धित पोस्टहरुः