टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो : ( तस्विरहरु )

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १५ –

गणतन्त्र दिवसको अवसरमा काठमाण्डौस्थित टुँडिखेलको सैनिक मञ्चमा आज विशेष समारोह आयोजना गरी दिवस मनाइएको छ । समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको थियो ।

अघिल्ला वर्षहरूमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष राष्ट्रपति पौडेलले नै सम्बोधन गर्नुभएको हो । समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी मन्त्रीहरू, सांसद, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधि, कर्मचारी तथा काठमाण्डौस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि समारोहमा सहभागी भएका थिए ।

समारोहमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो । नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । राष्ट्रिय झण्डा फहराएर शान्तिको प्रतीकस्वरूप परेवा समेत उडाइएको थियो ।

यस अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाण्डौ महानगर प्रहरी बलले मार्चपास प्रदर्शन गरेका थिए ।

सम्बन्धित पोस्टहरुः