वीरगंज , जेठ १५ –
सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय पारदर्शिता र सुशासनलाई सुदृढ बनाउन सरकारले आवश्यक कानुनी तथा संस्थागत सुधार अघि बढाउने बताए ।
उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार वित्तीय प्रणालीलाई व्यवस्थित गर्दै सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि प्रभावकारी कदम चालिने उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले “नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिस्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौं,” भन्दै सरकार यस विषयमा गम्भीर रहेको स्पष्ट गरे ।







