पूर्वाधार विकासमा सरकारको ‘मिसन मोड’ मोडल घोषणा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १५ –

सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिन ‘मिसन मोड’ मोडल लागू गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिए ।

सरकारले पूर्वाधार आयोजनालाई समयमै सम्पन्न गर्न ‘सनसेट कानुन’ ल्याउने तयारी गरेको पनि बजेटमार्फत घोषणा गरिएको छ । यस्तै इन्धन र बिटुमिनको मूल्यवृद्धिबाट परेको असर सम्बोधन गरिने जनाइएको छ ।

अर्थमन्त्री वाग्लेले शहरी विकासलाई व्यवस्थित बनाउन एकीकृत विकास मोडल अपनाइने उल्लेख गर्दै पूर्वाधार क्षेत्रमा सुधारलाई प्राथमिकतामा राखिएको बताए ।

सम्बन्धित पोस्टहरुः