वीरगंज , जेठ १५ –
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले शिक्षा क्षेत्रको विकास, गुणस्तर सुधार र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन ।
त्यसैगरी भौतिक पूर्वाधार तथा शहरी विकास क्षेत्रमा २ खर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै ठूला आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ ।







