नि:शुल्क आँखा शिविरपछि २२ जनाको सफल शल्यक्रिया

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १६ –

सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको नि:शुल्क आँखा शिविरपछि २२ जनाको सफल आँखाको शल्यक्रिया सम्पन्न गरिएको छ । शल्यक्रिया गरिएकामध्ये ११३ वर्षीया एक ज्येष्ठ महिला पनि रहेकी छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा तिलगंगा आँखा अस्पताल र सामुदायिक आँखा केन्द्र वीरगंजको सहकार्यमा जेठ ८ गते वीरगंज महानगरपालिका–१ छपकैया छटघाटस्थित श्री वविता पराजुली आधारभूत विद्यालयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा आँखा परीक्षण गरिएका बिरामीहरूमध्ये मोतिबिन्दुलगायत समस्या देखिएका ३४ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो । तीमध्ये २४ जना सम्पर्कमा आएकोमा २२ जनाको सामुदायिक आँखा केन्द्र वीरगंजमा सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

चिकित्सकका अनुसार बाँकी दुई जनाको स्वास्थ्य परीक्षणका क्रममा मधुमेहको मात्रा अत्यधिक देखिएकाले तत्काल शल्यक्रिया गर्न सम्भव नभएको हो । साथै सम्पर्कमा नआएका अन्य १० जनालाई सम्पर्कमा आएपछि आवश्यक उपचार तथा शल्यक्रिया प्रक्रिया अघि बढाइने जनाइएको छ ।

सशस्त्र प्रहरी बलले यस्ता स्वास्थ्य सेवा केन्द्रित कार्यक्रममार्फत सीमावर्ती क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः