मनियारीमा गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथा शुभारम्भ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १६ –

वीरगंज महानगरपालिका–२२ मनियारीमा आयोजित गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथाको शुक्रबार भव्य रूपमा शुभारम्भ गरिएको छ । कार्यक्रमको उद्घाटन पूर्व खानेपानी मन्त्री प्रदीप यादव ले गरेका छन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री यादवले आफ्नो पैतृक गाउँ मनियारीमा आयोजना गरिएको महायज्ञले समाजमा नैतिकता, सद्भाव, अनुशासन तथा मानवीय मूल्यहरूको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमले सामाजिक एकता सुदृढ गर्न सकारात्मक भूमिका खेल्ने बताए ।

यादवले महायज्ञ तथा प्रज्ञा पुराण कथाले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै नयाँ पुस्तालाई संस्कार, संस्कृति र धार्मिक चेतनाप्रति आकर्षित गर्न सहयोग पुग्ने धारणा राखे ।

मनियारी समाजद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, धर्मप्रेमी तथा स्थानीय श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक समिति, सहयोगी तथा स्थानीयवासीहरूले महायज्ञ सफल बनाउन सक्रिय सहभागिता जनाएका थिए ।

पूर्व मन्त्री यादवले कार्यक्रमको सफल आयोजनाका लागि आयोजक तथा सहयोगीहरूलाई धन्यवाद दिँदै महायज्ञ तथा प्रज्ञा पुराण कथाको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।

भर्खरै

सम्बन्धित पोस्टहरुः