वीरगंज , जेठ १६ –
वीरगंजको मेनरोड क्षेत्रमा सरकारी कारबाहीको विरोधमा शनिबार स्थानीयवासीहरूले मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् ।
संघर्ष समितिका संयोजक तथा वडाध्यक्ष जवाहर प्रसाद गुप्ताको नेतृत्वमा निकालिएको जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै सम्पन्न भएको थियो । जुलुसमा प्रभावित परिवार तथा स्थानीयको सहभागिता रहेको थियो ।
प्रदर्शनका क्रममा डोजर आतंक बन्द गर , हाम्रो घर सुरक्षित गर , मेनरोडलाई सहरी मार्ग घोषणा गर लगायतका नारा लगाइएको थियो ।
स्थानीयहरूले आवास तथा सम्पत्तिको संरक्षणको माग गर्दै सरकारी कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।







