वीरगंज , जेठ १७ –
पर्सा प्रहरीले लागुऔषध नियन्त्रण अभियान अन्तर्गत एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१५ त्रिशुल चोकबाट २१ वर्षीय ऋतिक साह पक्राउ परेका हुन् । प्रहरी चौकी भिस्वाबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा भाग्दै गरेका उनलाई नियन्त्रणमा लिएको थियो ।
तलासीका क्रममा उनको साथबाट प्लास्टिकसहित ०.६१ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।







