प्रसौनी प्रिमियम लिग क्रिकेट प्रतियोगिता सुरु

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १७ –

वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा चौथो संस्करणको ‘प्रसौनी प्रिमियम लिग २०८३’ क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

वडा नम्बर २३ का वडा सदस्य लालबाबु यादवले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले युवालाई सकारात्मक मार्गमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले खेलकुद विकासका लागि वडा कार्यालयको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

वडा नम्बर २३ को आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा प्रसौनी लायन्स, रोयल्स च्यालेन्जर्स बैरिया, राइजिङ स्टार र सफु किंग्स गरी चार टोली सहभागी छन् ।

संयोजक सुजित साहका अनुसार प्रतियोगिता एक सातासम्म सञ्चालन हुनेछ । फाइनल खेल २० ओभर तथा अन्य खेल १६ ओभरमा खेलाइनेछन् ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा स्थानीय युवाहरूको उपस्थिति रहेको थियो । प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः